सरकारले यी राजदूतलाई फिर्ता बोलायो

सरकारले यी राजदूतलाई फिर्ता बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले दुई जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा इजरायल र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिइयो।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापा र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषद्बाट भएको जनाए।

उनका अनुसार इजरायलमा डा अञ्जन शाक्यलाई पठाउने निर्णय भएको छ।

यस्तै सरकारले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाललाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

फिर्ता बोलाइएका राजदूत थापा पूर्वमन्त्री तथा राप्रपाका नेता हुन्, भने  रार्इ परराष्ट्र मन्त्रालयका सहसचिव हुन्। अब हरेक साताको बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद‍को निर्णयबारे जानकारी दिइने उनले जनाए।