मन्त्रिपरिषद बैठकका निर्णय अब हिमालय होटलबाट सार्वजनिक गरिने

मन्त्रिपरिषद बैठकका निर्णय अब हिमालय होटलबाट सार्वजनिक गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मन्त्रिपरिषद बैठकका निर्णय यो पटक कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गर्ने भएको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न नियमित रुपमा सञ्चार मन्त्रालयमा आयोजना गरिँदै आएको पत्रकार सम्मेलनस्थल परिवर्तन गरिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकरी दिए ।

बिहीबार अपरान्ह होटल हिमालयमा हुने पत्रकार सम्मेलनमा सुचना तथा सञ्चार मन्त्रीका साथै अर्थमन्त्री युवराज खतिवडा समेत सहभागी हुनेछन् ।

‘नेपाल सरकारले साप्ताहिक रुपमा आयोजना गर्दै आएको पत्रकार सम्मेलन आज दिउँसो ४ बजे अर्थ मन्त्रालयको सुवर्णहलमा हुने सबै पत्रकार साथीहरूमा जानकारी गराईन्छ । पत्रकार सम्मेलनमा माननीय अर्थमन्त्री युवराज खतिबडा र सरकारको प्रबक्ता समेत गरि दुबै मन्त्री रहने छौ ।’