काठमाडौं – सरकारले नेपाली नागरिकता लिएका पाँचजना भारतीयको नागरिकता खारेज गरिदिएको छ ।
नेपाली नागरिकता लिएका भारतीयहरु जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजय राउत, जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनेर चिनिने कृपाली सिंहको नागरिकता खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
असार ५ र ८ गते बसेका बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
जीवनकुमारले सप्तरीबाट, धर्मेन्द्र ठाकुर र अजय राउतले धनुषाबाट तथा यमुना र कृपालीले रौतहट जिल्ला प्रशासन कार्यालयबाट विभिन्न समयमा नेपाली नागरिकता लिएका थिए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णयहरु –






प्रतिक्रिया