मन्त्रिपरिषद् विस्तार : कांग्रेसबाट तीन मन्त्री थपिए


काठमाण्डु –  राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् ।

नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement