जगत विश्वकर्मा र मोती दुगड मन्त्रीबाट हटाइए

जगत विश्वकर्मा र मोती दुगड मन्त्रीबाट हटाइए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषद्ट हटाएका छन् ।

विश्वकर्मा  ०७४ चैत २ मा खेलकुदमन्त्री बनेका थिए भने दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बनेका थिए ।जगत विश्वकर्माको ठाउँमा प्रचण्ड समूहबाट ओलीलाई साथ दिन आएका दावा लामालाई मन्त्री बनाइएको छ ।

पार्टीभित्रको विवादका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही पार्टीका तर्फबाट नयाँ नियुक्ति तथा हेरफेर भएको हो ।

थप भएका नयाँ मन्त्रीमा सिंचाइ, ऊर्जा तथा जलस्रोतमा टोपबहादुर रायमाझी, शहरी विकासमा प्रभु साह, खानेपानीमा मणि थापा, वन तथा वातावरणमा प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिलामा गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा गौरीशङ्कर चौधरी, युवा तथा खेलकूदमा दावा लामा र उद्योग राज्यमन्त्रीमा विमला विश्वकर्मा रहेका छन् ।

नयाँ जिम्मेवारी पाएका मन्त्रीमा स्वास्थ्य तथा जनसङ्ख्यामा हृदयेश त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रविधिमा कृष्णगोपाल श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा भानुभक्त ढकाल, कृषि तथा पशुपक्षीमा पद्माकुमारी अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमा डा शिवमाया तुम्बाहाङ्फे र न्याय, कानून तथा संसदीय मामिलामा लीलानाथ श्रेष्ठ रहेका छन् ।