मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड,दिउँसो ३ बजे शपथ

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड,दिउँसो ३ बजे शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।  बिहीबार मन्त्रीपरिषद् विस्तार भइसक्ने भनिएपनि प्रधानमन्त्रीको व्यस्तता र दलहरूको आन्तरिक तयारीका कारण आजलाई सरेको हो।

सरकारलाई पूर्णता दिनका लागि बिहीबार बिहान र बेलुका गरी दुई पटक बैठक बसेको थियो । रातिसम्म पनि केही दलले मन्त्रीको नाम टुंग्याउन नसकेपछि आज दिउँसो शपथ हुने गरी १ बजेभित्रै नाम दिन प्रधानमन्त्री प्रचण्डले साझेदार दलहरुलाई आग्रह गरेका छन् ।

नेताहरुका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालय कसले लिने भन्ने विवाद छैन । अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादी केन्द्रले लिनेछन् । मिल्न बाँकी मन्त्रालयहरु आफैं मिलाउने भन्दै मिलाउन नसकेका दलसँग प्रधानमन्त्री प्रचण्डले नाम दिन भनेका छन् ।

नयाँ मन्त्रीहरूको शपथग्रहणका लागि आज दिउँसो ३ बजेको समय तय भइसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यसअघि अहिले बिहान एक चरण गठबन्धनको बैठक बस्ने भएकाे छ। त्यसपछि मन्त्री र मन्त्रालय चयनलाई अन्तिम रूप दिइने बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सरकारमा सहभागी हुने पार्टीको नेतृत्वसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

सत्ता साझेदार दलहरुका बीचमा माओवादी केन्द्र प्रधानमन्त्रीसहित ५,कांग्रेसले ८, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २-२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी,नेपाल समाजवादी पार्टी र प्रभु साहले १-१ मन्त्रालय पाउने समझदारी छ ।