काठमाण्डु -प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले केही मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीले बुधवार गरेको मन्त्रिपरिषद विस्तार तिनै जना आफु निकट नेताहरुलाई मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्रीमा विष्णु पौडेल, महिला बालबालिका मन्त्रीमा लीलानाथ श्रेष्ठ र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरेका छन् ।
सेनासंग सम्बन्ध बिग्रेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।
यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।





प्रतिक्रिया