काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पुर्नगठन नगर्ने भएका छन् । नेकपाका अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीबीच मंगलबार भएको भेटवार्तालाई लिएर त्यो सम्भावना भने नभएको स्रोतको दाबी छ ।
दुवै नेताबीच वैठकमा छलफल सरकारलाई प्रभावकारी बनाउने, सभामुख कसरी चयन गर्ने र चिनियां राष्ट्रपति सि जिनपिङको भ्रमणको समिक्षामा केन्द्रित भएको निकट स्रोतहरुको दाबी छ ।
मन्त्रीहरुको हकमा भने सवैलाई फेर्ने वा केहीलाई राखेर केहीलाई राजिनामा गराउने भन्नेबारेमा भने अझै सहमति बनिसकेको छैन् ।
‘केहीलाई राखौं, केहीलाई हटाऔं भन्दा पात्रमा कुरा मिल्दैन्, सवैलाई राजिनामा दिने विषयमा पनि सहमती भएको छैन्, अव सचिवालयको बैठकमा यसबारेमा कुरा होला ।’ निकट स्रोतले काठमाडौंपाटीसंग भन्यो ।
नेकपा अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पनि मन्त्रिपरिषद पुर्नगठन गर्ने विषय हल्ला मात्र भएको बताए ।
नेकपाको सचिवालय बैठक आज ४ बजे वस्ने टुंगो लागेको छ । सचिवालयको वैठकमा छलफल भएपश्चात आधिकारी टुंगो लागेपनि तत्काल मन्त्रिपरिषद पुर्नगठन गर्ने सम्भावना भने नभएको नेकपाका एक नेताले बताए ।
नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसबारेमा आफुलाई कुनै जानकारी नभएको बताए । उनकाअनुसार मन्त्रिपरिषद पुर्नगठनबारे अहिलेसम्म पार्टीमा छलफल भएको छैन् ।
‘हामीसंग दुवै नेताको यसबारेमा छलफल भएको छैन्, प्रधानमन्त्रीज्युले यसबारेमा केही सोचिरहनुभएको होला, अव सचिवालयको बैठकमा के हुन्छ त्यसपछि यो बारेमा भन्न उपयुक्त हुन्छ ।’ प्रवक्ता श्रेष्ठले भने ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले पनि मन्त्रिमण्डलको पुर्नगठनको बिषय हल्ला मात्रै प्रतिक्रिया दिएका छन् । उनले सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएपनि तत्काल पुर्नगठन गर्ने कुरा भन्ने हल्ला मात्र भएको बताए ।
‘




प्रतिक्रिया