नयाँ मन्त्रिपरिषद् गठनपछि संसद्‌मा कांग्रेसका दुई पद रिक्त

नयाँ मन्त्रिपरिषद् गठनपछि संसद्‌मा कांग्रेसका दुई पद रिक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएपछि संघीय संसद्मा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका दुई पद रिक्त भएका छन् ।

कांग्रेसका प्रतिनिधि सभामा प्रमुख सचेतक रहेका रमेश लेखक ओली नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्री भएका छन् भने प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत साधन समिति सभापति रहेकी आरजु राणा (देउवा) परराष्ट्रमन्त्री बनेकी छन् ।

लेखक मन्त्री बनेपछि प्रमुख सचेतक पद र डा. देउवा मन्त्री बनेपछि प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत साधन समिति पनि सभापतिविहीन भएका हुन् ।

लेखक २०७९ पुस १९ देखि कांग्रेस संसदीय दलको प्रमुख सचेतक थिए । राष्ट्रिय मान्यता प्राप्त दलको प्रमुख सचेतकले संसद् सचिवालयबाट गाडी, इन्धन सहितको अतिरिक्त सुविधा पाउँछन् । उनको त्यो पदमा संसदीय दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्को संसदलाई प्रमुख सचेतक बनाउनु पर्ने हुन्छ ।

माओवादी–कांग्रेस गठबन्धन सरकार रहेको बेला संसदीय समितिको भागबन्डा गर्दा कृषि तथा प्राकृतिक स्रोत साधन समिति सभापति कांग्रेसको भागमा परेको थियो ।

कांग्रेसले आरजुलाई समिति सभापतिको उम्मेदवार बनाएको थियो । उनी मन्त्री बनेपछि संसदीय समितिको सभापतिबाट स्वतः बिदा भएकी छिन् । अब समितिको सभापति चुन्न निर्वाचन गर्नुपर्ने हुन्छ ।

संसदीय समितिका सभापतिले पनि संसद् सचिवालयबाट गाडीसहित राज्यमन्त्री सरह सुविधा पाउँछन् ।