भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुकाे सम्पूर्ण उपचार नि:शुल्क गर्ने भएकाे छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गरेको एक मन्त्रीले जानकारी दिए ।

‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने बताए ।

उनका अनुसार भूकम्प पीडितहरुको उद्धारको काम सकिइसकेको छ । अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ । खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको जानकारी दिँदै उनले भने, ‘खाद्यान्न वितरण आजदेखि हुँदैछ । कुनै पनि काम कम नहुने गरी सरकारले गर्ने छ ।’

शुक्रबारराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ।