‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने सरकारको निर्णय

‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले वीर अस्पतालको नयां भवनलाई केन्द्रीय कोरोना अस्पताल बनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयां भवनलाई ५ सय शैयाको ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने निर्णय गरेको हो।

उक्त अस्पतालले देशभरिका कोरोना अस्पतालको नेतृत्व गर्ने उद्योगमन्त्री लेखराज भट्टले जानकारी दिए । बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि देशमा उपलब्ध स्रोत अधिकतम प्रयोग गर्ने निर्णय समेत गरेको छ ।

आजको बैठकमा कोभिड संक्रमित सांसदहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा समेत छलफल भएको स्रोतले जनाएको छ । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको अधिवेशनमा विश्वासको मत लिने कार्यक्रम छ ।