काठमाण्डु – नवनियुक्त चार मन्त्रीहरूको शपथ आइतबार दिउँसो हुन्दैछ ।
प्रधानमन्त्री कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको सपथ साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी छन् ।
यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो ।
डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।
यसअघि श्रेष्ठलाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी थियो ।
को हुन् मन्त्री बन्न लागेकाहरु ?
डा. शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही कात्तिक २ गते मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यद्यपि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी महिला पूर्वस्वास्थ्य सचिवलाई नै दिने निर्णय गरेकी छन् ।
श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे श्रेष्ठले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् ।
यसैगरी सुनार दलित अधिकारकर्मी हुन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाण्ढुमा प्रदर्शन गरेका थिए ।
यस्तै, गुप्ता सामाजिक अभियन्ता हुन् ।
उनले कोभिडकालमा निस्शुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । उनी ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरुलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथि समेत हुन् ।




प्रतिक्रिया