वैशाख २५ सम्म लकडाउन थप्ने सरकारको निर्णय

वैशाख २५ सम्म लकडाउन थप्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले १० दिन लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदम सकारात्मक भएको भन्दै उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सुझाव दिएको थियो ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले लकडाउन लगायत बिषयमा सरकारलाई सुझाव दिन मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्मा बिभिन्न मन्त्रालयका सचिव र सुरक्षाअधिकारी सम्मिलित कार्यदल गठन गरेको थियो ।