मन्त्रिपरिषद बैठकले आईजीपी टुंगो लगाउन सकेन


काठमाडौं – आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) टुंगो लगाउन सकेन । नियमित रूपमा सोमबार दिउँसो बसेको बैठकले आईजीपी छान्न नसकेपछि भोलि बिहान फेरि मन्त्रिपरिषद् बैठक बस्ने श्रोतले जानकारी दियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि भोलि मंगलबार सकिँदैछ । खनालसँगै उनको व्याचका एआइजिपीहरू पनि अवकाशमा जाने भएकाले डिआइजीबाट महानिरीक्षक बनाउनुपर्ने हुन्छ ।

खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्य उपाध्याय प्रमुख रूपमा महानिरीक्षकको दौडमा छन् ।

अब बस्ने अर्को बैठकले महानिरीक्षकमा कसलाई स्थान दिने भन्ने विषयमा टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement