काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री अोलीले दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपषिद्को बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि अब उत्पन्न हुने राजनीतिक परिस्थिति र सत्तासमिकरणबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र आ–आफ्नो कित्तामा लागेका छन् ।
त्यस्तै आजको बैठकमा विभिन्न मन्त्रालयहरुका नियमित एजेण्डामाथि छलफल र निर्णय हुने स्रोतले जानकारी दियो ।




प्रतिक्रिया