प्रधानमन्त्रीले सिंहदरबारमा बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले सिंहदरबारमा बोलाए मन्त्रिपरिषद्को बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बालुवाटारमा बस्दै आएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने स्रोतले जानकारी दियो । स्रोतकाअनुसार बैठकमा विभिन्न मन्त्रालयहरुका एजेण्डाका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीले केहीसमय अगाडि पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गरेका थिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि उनले नियमित काम कारबाही सिंहदरबारबाट सञ्चालन गर्ने भएका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पश्चिमबाहेकका तीन मोहडाको लागत रु ८७ करोडमा पुनःनिर्माण गरेको थियो । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरमै रहेको तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।