काठमाण्डु – सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिमा पदाधिकारी नियुक्त गरेको हो ।
बैठकले समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । डा. पौडेल वन क्षेत्रका विज्ञसमेत हुन् ।
त्यस्तै विकास समितिका सदस्यहरुमा अवकाश प्राप्त सहायकरथी बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुण नियुक्त भएका छन् ।
सरकारले चुरे क्षेत्रमा समस्या समाधानका लागि २०७१ असार २ गते राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन गरेको थियो ।




प्रतिक्रिया