जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले जनता समाजवादी पार्टीले उठाएका माग सम्बोधन गर्ने भएकाे छ । साेमबार बसेको मन्त्रिपरिषद बैठकले मधेस तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

केही दिनअघि जसपाको माग पूरा गर्न सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेता महन्थ ठाकुर लगायतबीच भएको छलफलका क्रममा ओली जसपाका नेता कार्यकर्ताविरुद्ध रहेका मुद्दा फिर्ता लिन सहमत भएका थिए ।

सोही अनुसार जसपाले विभिन्न २४ किसिमका मुद्दामा २०८ जनाको मुद्दा फिर्ता लिन आग्रह गर्दै गृह मन्त्रालयमा फाइल पेश गरेको थियो ।

सरकारले सबै २०८ जनाकै मुद्दा फिर्ता लिएको हो या केहीको मात्रै हो भन्नेबारे भने स्पष्ट नभएको जसपाका नेता मनिष कुमार सुमनले काठमाण्डुपाटीलाई बताए ।