काठमाण्डु – सरकारले मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण बढेकाले अर्को सूचना नआएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ । आजको बैठकले सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
आइतबार कोभिड संकट व्यवस्था समिति (सीसीएमसी)ले सञ्चालन भइरहेका र हुन बाँकी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । आजको बैठकले सोही निर्णयलाई सदर गरेको हो ।
नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जानेहरुलाई रोक्ने निर्णय पनि बैठकले गरेको छ । नेपालमा भारतीय नागरिकहरु ठूलो संख्यामा तेस्रो मुलुक जाँदै आएका थिए ।
साथै बैठकले नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ । नेपालसँग खुला सीमाका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले नेपाल–भारतको स्थल सीमा बन्द गर्ने निर्णय गरेको हो ।




प्रतिक्रिया