मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले दिउँसो २ बजे नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।

नियमित भनिएको आजको बैठकमा संसद अधिवेशन र कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे निर्णय हुनसक्ने  स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले जेठ १० भित्र नै संसद अधिवेशन बोलाउने तयारी गरेका छन् । सरकारलाई जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले प्रधानमन्त्रीले त्यो भन्दा पहिला नै अधिवेशन बोलाउने तयारी गरेका हुन् ।