अध्यादेश ल्याउने सरकारको निर्णय

अध्यादेश ल्याउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मपन्त्रिपरिषद्को बैठकले कार्यस्थलमा दिनहुँ जसो स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुन थालेपछि अध्यादेशमार्फत कडा कानून ल्याउने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यकर्मीलाई कुटपिट गरी अंगभंग तुल्याएमा, घाइते तुल्याएमा ३ वर्ष कैद र ३ लाखसम्म जरिबाना र अस्पताल आगजनी गरे ३ देखि ५ लाख रूपैयाँसम्म जरिवाना र २ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।