बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । केहीबेर अघि सुरु भएको बैठकमा संसद अधिवेशनबारे छलफल हुने बताइएको छ ।

सरकारले वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ । आजको बैठकमा कोरोना भाइरस संक्रमण र लकडाउनका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए ।