देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो २ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

उनले सबै मन्त्रीहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएका छन् । सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको जानकारी दिए । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने बताइएको छ ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि यो दोस्रो बैठक हो । आजको बैठकले प्रतिनिधिसभाको बैठक आह्वान गर्न सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान गर्ने प्रचलन रहेको छ । असार २८ गते सर्वोच्च अदालतले प्रतिनिसभा पुनःस्थापना गर्दै साउन ३ गतेभित्र बैठक बोलाउन परमादेश जारी गरेको थियो ।