सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजेका लागि बोलाएको बैठक केहि बेरअघि सुरु भएको हो । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि यो दोस्रो बैठक हो ।

आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने बताइएको छ । आजको बैठकले प्रतिनिधिसभाको बैठक आह्वान गर्न सिफारिस गर्ने तयारी गरेको बुझिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान गर्ने प्रचलन रहेको छ । असार २८ गते सर्वोच्च अदालतले प्रतिनिसभा पुनःस्थापना गर्दै साउन ३ गतेभित्र बैठक बोलाउन परमादेश जारी गरेको थियो ।