काठमाडौं – सरकारले संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते अधिवेशन आह्वान गर्ने निणैय गरेको हो ।
वैठकले अधिवेसन आह्वान गर्न राष्ट्रपतिलार्य सिफारिस गर्ने निर्णय गरेको स्रोतले जानकारी दियो । बैठक २६ गते दिउँसो ४ बजे बोलाउने निर्णय भएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । त्यसअघि सरकारका नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ ।
बैठक बोलाउने सम्बन्धमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको थियो ।
सभामुख सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा प्रधानमन्त्री ओलीले संसद् भवन बानेश्वरमा भइरहेको तयारीको निरीक्षण गरेका थिए । सापकोटाले सामाजिक दूरी कायम गरेर संसद् चलाउन सक्ने धारणा राखेका थिए ।
प्रतिनिधिसभा नियमावली २०७४ अनुसार प्रतिनिधिसभा नियमावलीअनुसार बजेट प्रस्तुत गरिने १५ दिनअघि पूर्वबजेट छलफल पूरा हुनुपर्छ ।




प्रतिक्रिया