सरकारले पूर्णता पाएपछि पहिलोपटक मन्त्रिपरिषद बैठक जारी

सरकारले पूर्णता पाएपछि पहिलोपटक मन्त्रिपरिषद बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूणैता पाएपछि पहिलोपटि मन्त्रिपरिषद बैठक बसेको छ । जारी बैठकमा प्रधानमन्त्री देउवाले नवनियुक्त मन्त्रीहरूलाई मन्त्रिपपरिषद्मा स्वागत गर्दै सरकारको प्रभावकारिताका लागि निर्देशन दिने बुझिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीनजना भने राज्यमन्त्री छन् । उनीहरू मन्त्रीपरिषदको बैठकमा सहभागी हुन भने पाउने छैनन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट शुक्रबार १६ जना मन्त्री र २ जना राज्यमन्त्री थपिएका हुन् ।