प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए, तिलक परियार दाेहाेरिए

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए, तिलक परियार दाेहाेरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ ।

प्रदेश प्रमुखमा तीन दलले भागबन्डा गरेका छन् । प्रदेश १ मा जनता समाजवादी पार्टी, कर्णालीमा माओवादी केन्द्र र सुदूरपश्चिम प्रदेशमा कांग्रेसले पाएको छ । परियार माओवादीको कोटाबाट यसअघि नै प्रदेश २ को प्रदेश प्रमुख भइसकेका हुन् ।

राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखहरुलाई शपथ खुवाउने तयारी गरेको छ । यसअघि प्रदेश नम्बर १ मा सोमनाथ प्यासी, कर्णाली प्रदेशमा गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा सर्मीला कुमारी पन्त रहेका थिए । सरकारले केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले नियुक्त गरेका सबै प्रदेश प्रमुखलाई हटाएको हो ।