मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषदको नियमित बैठक बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बस्ने भएको हो ।

बैठकमा आइतबार संसदबाट अनुमोदन भएको एमसीसी, स्थानिय निर्वाचन, राजदूत सिफारिस लगायत विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुने बताइएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले विभिन्न मन्त्रालयगत एजेण्डाबारे छलफल हुने जानकारी दिइन् ।