सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


काकठमाण्डु – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका एजेण्डा, नियमिति काम कारबाही र बजेटका विषयमा केन्द्रित रहेर छलफल जारी रहेको  छ।

आइतबार बिहान लगानी बोर्डको बैठकपश्चात प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। आर्थिक वर्ष २०८०/०८१ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ। प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाँदै छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement