काठमाण्डु – मन्त्रिपरिषद्को बैठकले विभिन्न पदमा नियुक्ती गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीलाई नियुक्त गरेको छ ।
त्यस्तै सचिवमा सहसचिव मधुकुमार मरासिनी बढुवा भएका छन् । बैठकले नेपाल प्रहरीका डिआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई एआइजीमा बढुवा गरेको छ ।
यसैगरी राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएका छन् ।




प्रतिक्रिया