काठमाण्डु – सरकारले ल्हासा, हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव नवराज ढकाल मकाउ र उदयबहादुर रानामगरलाई हङकङ र मकाउको महावाणिज्यदूतमा नियुक्त गरेको हो ।
सहसचिव मगर गृहमन्त्रालय र ढकाल उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा कार्यरत थिए । उनीहरुलाई महावाणिज्यदूतमा नियुक्त गर्न मंगलबार मात्र परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको थियो ।




प्रतिक्रिया