असोज १ गतेबाट हवाई उडान र होटल सञ्चालन, यातायातमा ५० प्रतिशत भाडा बढ्यो

असोज १ गतेबाट हवाई उडान र होटल सञ्चालन, यातायातमा ५० प्रतिशत भाडा बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात, होटल रेष्टुरेन्ट र हवाई जहाज सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चैतदेखि बन्द रहेका लामो दूरीका बस, होटल रेष्टुरेन्ट र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आन्तरिक हवाई उडान, लामो दूरीका सार्वजनिक यातायात र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने निर्णय भएको जानकारी दिए ।

तर, यी सबैका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने छ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

प्रवक्ता ज्ञवालीले व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने बताए । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।