काठमाण्डु – सरकारले डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका डा. खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको हो ।
त्यस्तै बैठकले लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गरेको हो ।
साथै साउथ अफ्रिकाको राजदूतमा निर्मल कुमार विश्वकर्मालाई सिफारिस गरिएको छ । मन्त्रिपरिषद् बैठकबाट प्रस्तावित राजदूतलाईं संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया