प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बुधबार तीन जना मन्त्री थपेका प्रधानमन्त्रीले साँझ ५ बजे बालुवाटारमा सबै मन्त्रीलाई बोलाएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री अ‍ोलीले नयाँ मन्त्रीलाई निर्देशन दिने स्रोतले जानकारी दियो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिएका थिए ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ थिए ।