सरकारले कोरोना भ्याक्सिन जी टू जी प्रक्रियाबाट खरिद गर्ने, पुस्तकमा लगाइएको १० प्रतिशत कर हट्यो

सरकारले कोरोना भ्याक्सिन जी टू जी प्रक्रियाबाट खरिद गर्ने, पुस्तकमा लगाइएको १० प्रतिशत कर हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले कोरोना भाइरसको भ्याक्सिन खरिदमा चासो देखाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्वमा सबैभन्दा पहिले सार्वजनिक हुने भ्याक्सिन जी टू जी प्रक्रियामार्फत खरिद गर्ने निर्णय गरेको हो ।

स्रोतकाअनुसार बैठकले पहिले जुन खोप प्रमाणित हुन्छ उक्त खोप जी टु जी मार्फत खरिद गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सरकारी अस्पतालहरुमा कोरोना संक्रमितहरुको परीक्षण तथा उपचार पूर्ववत निःशुल्क गर्ने निर्णय गरेको छ ।

बैठकले मङ्सिरदेखि चैत्रसम्म मन्त्रीहरुको तलबको ५० प्रतिशत रकम कोरोना कोषमा राख्ने निर्णय गरेको छ ।

त्यस्तै पुस्तकमा लगाइएको १० प्रतिशत कर पनि हटाइएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा पुस्तकमा लगाइएको १० प्रतिशत कर हटाइएको हो । बैठकले स्वदेशमै मल कारखाना खोल्ने निर्णय गरेको स्रोतले जानकारी दियो ।