काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले मन्त्रीपरिषद बैठक बोलाइए पनि छलफलका एजेण्डा भने आफुलाई जानकारी नभएको बताए । बैठकमा कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रका पूर्व तयारीबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणअघि फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समिति गठन गरेको थियो ।
सोही समितिले अहिले कोरोना रोकथाम तथा नियन्त्रणको पूर्वतयारी गर्दै आएको छ । समितिले गर्दै आएका तयारी र आवश्यक थप तयारीबारे बैठकमा छलफल हुने बताइएको छ ।




प्रतिक्रिया