काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको आकश्मिक बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे म्यासेज गरेर पौने १० बजेका लागि बैठक बोलाइएको हो ।
सत्तारुढ नेकपाको स्थायी समिति बैठकअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएपछि अध्यादेश फिर्ता लिने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीले आफुमाथी लगाइएको आरोपत्र खारेज नभएसम्म स्थायी समिति बैठकमा सहभागी नहुने बताउंदै आएका छन् ।
नेकपाभित्र प्रधानमन्त्री ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छोड्नुपर्ने आवाज उठिरहेको छ । तर उनले दुवै पदबाट राजीनामा नदिने बताउंदै आएका छन् ।
्




प्रतिक्रिया