काठमाण्डु – मन्त्रिपरिषद्को बैठक केहीबेरमा बालुवाटारमा सुरु हुँदैछ । सुरक्षा परिषद्को बैठकपछि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।
मन्त्रिपरिषद्को बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध फुकुवाबारे विशेष निर्णय हुने स्रोतले जानकारी दियो । सरकारले नेकपालाई मूल धारको राजनीतिमा ल्याउनका लागि वार्ता अगाडि बढाएको छ ।
त्यस्तै बैठकमा अन्य महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ ।




प्रतिक्रिया