काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा तिहारपछि पहिलो पटक आज मन्त्रिपरिषदको बैठक वस्न लागेको हो । मन्त्रिपरिषदको बैठक आइतबार विहान ११ बजेको लागी बोलाइएको छ ।
प्रधानमन्त्री ओलीले शनिवार बसेको नेकपाको सचिवालय बैठकमा मृगौलाको डायलासिस वा प्रत्यारोपण गर्नुपर्ने बिफ्रिङ्ग गरेका थिए । आज बस्ने वैठकमा पनि मन्त्रिहरुलाई आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिनुका साथै सरकारको कामलाई प्रभावकारी गराउने विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुसंग गरेको कार्यसम्पादन सम्झौता र त्यसको प्रगतीको बारेमा पनि बैठकमा समिक्षा हुनेछ ।




प्रतिक्रिया