विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने मन्त्रिपरिषदको निर्णय

विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने मन्त्रिपरिषदको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने भएको छ । सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने निर्णय भएको जानकारी दिए ।

उनले सिंहदरबारमा मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै विभूषणको बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय भएको समेत जानकारी दिए । त्यस्तै बैठकले उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेशनहरुमा संरचनागत सुधार, स्तरोन्नति र विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।

सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०८९ को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने र मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रशारण लाइनको लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने र भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । बैठकले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा धनुषाका शितल शाहुलाई नियुक्त गर्ने निर्णय गरेको छ भने श्रेणीविहीन स्थायी कार्यलय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ ।