यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका दुई जना सहायकरथीमा बढुवा भएका छन् । सहायकरथीहरु गोकुल भण्डारी र अशोकराज सिग्देलको उपरथीमा बढुवा भएको हो ।

सरकारका प्रवक्ता समेत रहेका सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले सो कुरा बताएका हुन् ।

यस्ता छन् सरकारका ६ निर्णय :

– विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने ।

-२ अर्व ७७ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।

-आर्थिक वर्ष ०७६\७७ मा ऊर्जा , जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ ।

-सहायकरथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारवा थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

-नख्खुखोला – भैसेपाटी – बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

-नेपाल – भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।