काठमाण्डु – सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु शुक्रबार सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।
सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्ति गरेको छ । त्यस्तै नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् ।
सरकारले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोकेको उनलेबताए ।
त्यस्तै काठमाण्डु उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा २३ बमोजिम पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेललाई तोकेको छ ।
यस्ता छन् निर्णयहरु:




प्रतिक्रिया