मन्त्रिपरिषद बैठक बोलाइयो,राजदूत र मुख्यसचिवको नियुक्ती हुन सक्ने

मन्त्रिपरिषद बैठक बोलाइयो,राजदूत र मुख्यसचिवको नियुक्ती हुन सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको वैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा वैठक आज १२ बजेका लागी बोलाइएको छ ।

वैठकमा मुख्यसचिव,संवैधानिक निकाय पदाधिकारी र राजदूत नियुक्तीबारे निर्णय गर्न सक्ने बताइएको छ ।

मुख्यसचिवमा परराष्ट्रसचिव शंकरदास वैरागीलाई नियुक्त गर्ने सरकारको तयारी छ । हालका मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउने सम्भावना रहेको छ ।

त्यसैगरी परराष्ट्रमन्त्रालयका सहसचिवहरु निर्मल काफ्ले, कालि पोखरेल,जिवन श्रेष्ठलाई पनि राजदूत नियुक्त गर्ने सम्भावना छ । पुर्वमन्त्री युवराज कार्की र प्राध्यापक खड्क केसीको पनि राजदूत वन्ने सम्भावना छ ।