मन्त्रिपरिषदको निर्णयः बाढी-पहिरोबाट घाइतेको उपचार गर्ने, पुल भत्केका ठाउँमा बेलिब्रिज बनाउने

मन्त्रिपरिषदको निर्णयः बाढी-पहिरोबाट घाइतेको उपचार गर्ने, पुल भत्केका ठाउँमा बेलिब्रिज बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अविरल वर्षासँगै आएको बाढी पहिरोे र डुबानबाट पीडित भएका नागरिकहरुलाई सरकारले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

 आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी पहिरो र डुबानपीडित नागरिकलाई राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

त्यस्तै मन्त्रिपरिषदले पुल भत्केका ठाउँमा तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ । राहत कोषबाट रकम अपुग भए सरकारले रकम थप गर्ने निर्णय समेत गरेको छ। बिहीबारदेखि निरन्तरुपमा भएको वर्षाका कारण देशभरबाट अहिलेसम्म ५१ जनाको ज्यान गएको सरकारले पुष्टि गरेको छ। वर्षाका कारण सबैभन्दा बढी प्रदेश १, २ र ३ प्रभावित बनेका छन् ।