प्रधानमन्त्रीले आज सपथ खाँदै, पुरानै अनुहार मन्त्रीमा दोहोरिने

प्रधानमन्त्रीले आज सपथ खाँदै, पुरानै अनुहार मन्त्रीमा दोहोरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिँदैछन् । राष्ट्रपति भवन शितलनिवासमा अहिले प्रधानमन्त्री ओलीले साढे २ बजे सपथ लिने कार्यक्रम छ ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा सबभन्दा ठूलो दल एमाले संसदीय दलका नेता ओलीलाई बिहीवार प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीसंगै आज केही मन्त्रीहरुले पनि सपथ लिनेछन् । मन्त्रीको रुपमा सपथ लिनेमा एमाले नेताहरु रामबहादुर थापा, विष्णु पौडेल, लेखराज भट्ट, टोपबहादुर रायामाझी, सुरेन्द्र पाण्डे, डा शिवमाया तुम्बाहम्फे, लीला श्रेष्ठ, प्रभु शाह र मणी थापालगायत रहेका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले भने प्रधानमन्त्री ओलीलाई आफ्नो पार्टी माग पुरा नभई सरकारमा नजाने जानकारी दिइसकेका छन । जसपा अर्को साततिर सरकारमा जाने तयारीमा रहेको स्रोत बताउँछ ।