काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । १६ कात्तिकमा मुख्यमन्त्री बनेका राईले लामो समयपछि आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।
यसअघि गत आइतबार बसेको मन्त्रीपरिषद बैठकले मन्त्रालय फुटाउने गरेको निर्णय प्रदेश १ सरकारले गुपचुप राखेको थियो ।
आज थपिने नयाँ मन्त्रीमा काग्रेसबाट प्रतापप्रकाश हाङ्गाम भूमि व्यवस्था मन्त्री, ओम सरावगी श्रम तथा रोजगार, शेखर चन्द्र थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्री बन्ने भएका हुन् ।
यस्तै, माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी, ऊर्जा तथा सिँचाइ र झलकसिंह दर्लामी कृषि तथा पशुपंक्षी विकास मन्त्री बनने भएका छन् । त्यसैगरि नेकपा एकीकृत समाजवादीबाट खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री, राजन राई सामाजिक विकास मन्त्री र उपेन्द्र घिमिरे सूचना, सञ्चार तथा सहकारी मन्त्री बन्ने भएका छन् ।
आज बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालयबाट मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो । सत्ता गठबन्धन सरकारमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालय थप गरिएको हो ।




प्रतिक्रिया