मन्त्रीहरुको शपथ शुक्रबार ४ बजे, उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने

मन्त्रीहरुको शपथ शुक्रबार ४ बजे, उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटाएका छन् । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएर शुक्रबार ८९ औं दिनमा मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गरेको हो ।

प्रधानमन्त्रीमा नियुक्त भएको लामो समयसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका शेरबहादुर देउवाले शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे शपथ गराउने गरी तयारी गरेको स्रोतले बतायो । गठबन्धनका दलबीच सामन्त्रालय भागबण्डा सम्बन्धी विवाद समाधान भएपछि व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका छन् ।

देउवाले महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि १० साउनमा स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका श्रेष्ठ ७५ दिनमै हट्ने लगभग निश्चित भएका हुन् । सुरूमा चेन अस्पतालका सञ्चालक व्यापारीलाई मन्त्री बनाएको भन्दै उनको आलोचना भएको थियो ।

त्यस्तै देउवाले कांग्रेसले लिएकामध्ये रक्षा मन्त्रालय आफैँसँग राख्ने भएका छन् । त्यस्तै, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनी हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् ।

अब कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादीले ५ तथा जसपा र एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने भएका छन् । त्यस्तै समाजवादीले २ मुख्यमन्त्री पनि पाएको छ ।