मन्त्रिमण्डल विस्तारको तयारी, को-को बन्दैछन् मन्त्री ?

मन्त्रिमण्डल विस्तारको तयारी, को-को बन्दैछन् मन्त्री ?

फाइल तस्विर।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग बुधवार सांझ मन्त्रिमण्डल विस्तारबारे छलफल गरेका थिए । दुवै नेताबीच भएको छलफलमा मन्त्रालयको बांडफांडबारे सहमति जुटेपनि आज सत्ता साझेदार दलहरुको बैठकपछि त्यसबारे टुंगो लगाउने तयारी छ ।

प्रधानमन्त्री दाहाल पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । उनको नेतृत्वमा अहिले ८ सदस्यीय मन्त्रिपरिषद गठन भएपनि केही मन्त्री भने अझै विनाविभागिय मन्त्रीकै हैसियतमा काम गरिरहेका छन् । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रधानमन्त्री दाहाल निकट स्रोतले प्रधानमन्त्री दाहाल चांडै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा रहेको जनाएको छ । उनले त्यसका लागि गठबन्धनका नेताहरुसंग सामुहिक र छुट्टा छुट्टै भेटवार्ता गरिरहेका छन् ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको छलफलमा एमालेले ९ मन्त्रालय लिने, माओवादीले ६, रास्वपाले २, राप्रपाले २ र सिके रावत नेतृत्वको पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको छ । तर, आज बस्ने सत्तागठबन्धनको बैठकपछि त्यसको आधिकारीक टुंगो लाग्नेछ ।

माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी सरकारमा सहभागी भए शिक्षा मन्त्रालय दिने प्रधानमन्त्री दाहालको तयारी छ ।

माओवादीले श्रम,युवा खेलकुद र संचारलगायतका मन्त्रालय, राप्रपाले भुमिसुधार र उर्जा, रास्वपाले स्वास्थ्य, जनमतले उद्योग, एमालेले परराष्ट्र, पर्यटन र शहरी मन्त्रालय लिने लगभग सहमति भएको छ ।

माओवादीबाट सुदन किरांती, माधव सापकोटा,पूर्ण घर्ती र रेखा शर्मा वा शक्ति बस्नेत, एमालेबाट परराष्ट्रमा विद्या भट्टराई र पदम गिरी मन्त्री बन्ने सुचिमा छन् ।