मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री भने – मन्त्रिमण्डल पुर्नगठन गर्दैछु कतै कार्यक्रम नराख्नुहोला

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री भने – मन्त्रिमण्डल पुर्नगठन गर्दैछु कतै कार्यक्रम नराख्नुहोला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्ने भएका छन् । मन्त्रिपरिषदको मंगलवार सांझ बसेको बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषदका सदस्यहरुलाई मन्त्रिहरूको हेरफेर गर्ने जानकारी गराएका छन्।

प्रधानमन्त्रीले बैठकमा नयांलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको भन्दै बुधवार औपचारिक कार्यक्रम समेत नराख्न निर्देशन दिएका छन् ।

उनले कोही मन्त्री हट्ने र कोही दोहोरिन् सक्ने भएपनि त्यसको विश्तृत जानकारी भने बैठकमा दिएनन् । प्रधानमन्त्रीले बैठकमा मन्त्रिपरिषद सामान्य परिवर्तन गर्न लागेको भन्दै नयां मन्त्रिहरुको समेत सपथ बुधबार गर्ने बताए ।

 

’भोलि मन्त्रिमण्डलमा सानोतिनो हेरफेर गर्दैछु, कतिपय साथीहरु हट्नुहोला, कतिपय रहन् पनि सक्नुहुन्छ । तपाईंहरुलाई असक्षम भनेर हटाउन खोजेको होइन बाहिर पनि कतिपय सक्षम साथीहरु हुनुहुन्छ उहांहरुलाई पनि मौका दिनुपर्छ। अहिलेसम्म साथ दिनुभएकोमा धन्यवाद । ’ प्रधानमन्त्रीले बैठकमा भनेका थिए ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्।