गठबन्धनका नेताहरूबीच आज पनि सहमति भएन, शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाउने 

गठबन्धनका नेताहरूबीच आज पनि सहमति भएन, शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाउने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनका शीर्ष नेताहरूले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेका छन् ।  बिहीवार बालुवाटारमा मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफलमा जुटेका गठबन्धनका शीर्ष नेताहरुले  आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने निर्णय गरेका हुन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूको निर्णायक छलफलमा मन्त्रिपरिषद्लाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको स्रोतले जनाएको छ ।  गठबन्धन दलबीच बुधबार नै मन्त्रालय बाँडफाँडमा लगभग सहमति भइसकेको छ । जसमा कांग्रेसलाई ७, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई ४–४ मन्त्रालय पाउने गरी छलफल भएको थियो ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरूबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको स्रोतले जनाएको छ ।